सल्यान, १२ कार्तिक । स्वास्थ्य शाखा कपुरकोट सल्यानको वार्षिक समिक्षा गोष्ठी सोमबारबाट शुरु भएको छ । आर्थीक वर्ष २०७४÷०७५ मा कपुरकोट गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा भएका गतीविधिहरुको बारे समिक्षा गर्न गोष्ठी आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारि दिए ।
गोष्ठीको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले हरेक स्वास्थ्य संस्थाको सेवा प्रभावकारि बनाउन आग्रह गरे । उनले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कसैको पनि वेवास्ता हुन नहुने बताउँदै स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहबाटै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता जनाए ।
यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर र प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गाउापालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउदै लैजाने बताएका थिए ।
गोष्ठीमा गत वर्ष स्वास्थ्य क्षेत्रमा भएको समस्याको पहिचान, समाधानको उपाय खोजि गरि कार्ययोजना बनाइने स्वास्थ्य शाखा प्रमुख दाहालले जनाए ।
उनले गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम केन्द्रीत छलफल,विभिन्न सुचकहरु माथी टिप्पणि, कार्यक्रमको प्रगतीहरुको बारेमा बृहत् छलफल हुने पनि बताए ।
भोलि मंगलबार सकिने समिक्षा गोष्ठीमा गाउँपालिकाभित्र रहेका ४ वटा स्वास्थ्य चौकी, २ वटा स्वास्थ्य इकाइ र एउटा आयुर्वेदिक औषधालयका स्वास्थ्यकर्मीहरु सहभागी छन् ।











