इन्द्रेणी संवाददाता
दाङ, १२ कार्तिक । दाङ प्रहरीले अबैध लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके बैजनाथ गाउपालिका वडा नं. १ चिस नरवहादुर पाण्डे, सोही ठाउँका भिम सिंह रोकाय र सोही २ मकैबारी बस्ने छवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पन्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी टोलीले दाङको गढवा गाउपालिका वडा नं. १ जुरौनी धानखोला स्थित गस्ती पट्रोलिङ गर्ने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत उक्त स्थानको किनारमा पोखरादेखि कोहलपुरसम्म आएको से १ च ११९० नंम्बर महेन्द्रा बलेरो जीप रोकी राखेको अवस्थामा कार्तिक ११ गते १ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुबाट प्लाष्टिकमा पोका पारी राखेको खैरो हेरोइन २ ग्राम र १६ ग्राम गाँजा वरामद गरिएको छ । उनीहरुको शरीर खानतलासी गर्दा नगद ९ हजार ५ सय ३ वटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सो चिप समेत प्रहरीले निइत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।
