दाङ । ब्ल्याक चिल्ली इन्टरटेनमेण्टको व्यानरमा निर्मित नेपाली कथानक चलचित्र “पर्शुराम”को फष्टलुक पोष्टर आइतवार राजधानी र दाङमा एकसाथ सार्वजनिक गरिएको छ । साउनको पहिलो वा दोस्रो साता देशभर एकसाथ रिलिज गर्ने तयारीमा रहेको ब्ल्याक चिल्ली इन्टरटेनमेण्टले एक कार्यक्रमको आयोजना गरी पोष्टर सार्वजनिक गरेको हो ।

IMG_5695
                                                                            तस्वीर :- अभिलाषराज भण्डारी

चलचित्रका निर्माता महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको भएको पोष्टर सार्वजनिक गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक प्रकाशराज शर्मा प्रमुख अतिथि थिए । प्रमुख अतिथि शर्माले पोष्टर सार्वजनिक गरेका थिए । प्रमुख अतिथि शर्माले दाङमै पनि फिल्म सुटिङका लागि उपयुक्त स्थान छन् र मोफसलमा पनि ठूला लगानीका राम्रा फिल्म बन्नसक्छन् भन्ने सन्देश “पर्शुराम”ले दिएको बताए । विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्ग बुढाथोकीले चलचित्रमा दाङको पर्यटकीय सम्पदाहरुलाई समेटिएको र यसले देशभर तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउन उल्लेख्य भूमिका खेल्ने बताए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका निर्माता महेन्द्र बुढाथोकीले समाजमा रहेका विकृति, विसंगति, बेथितिमाथि प्रहार गरी सभ्य तथा सुन्दर समाज निर्माणको सन्देश चलचित्रले बोकेको स्पष्ट पारे । कार्यकारी निर्माता एवं कार्यक्रम सञ्चालक सविन प्रियाशनले स्थापित कलाकारहरुले अभिनय गरेको र उच्चस्तरीय प्रविधिबाट निर्माण भएको जानकारी दिए । कार्यक्रममा धन्यवाद ज्ञापन निर्माता राजभक्त रानाले गरेका थिए ।

चलचित्रको निर्देशन एन।आर। घिमिरेले गरेका छन् भने निर्मातात्रय महेन्द्र बुढाथोकी, यादव सैघाली र राजभक्त राना रहेका छन् । बलिभद्र रानाको प्रस्तुति रहेको “पर्शुराम”का सहनिर्माता पारस बस्नेत हुन् । त्यसैगरी कार्यकारी निर्माता सविन प्रियाशन, निर्माण संयोजक खड्ग बुढाथोकी रहेका छन् । ५ वटा गीतहरु रहेको पर्शुराममा बब्बु थापाले नृत्य निर्देशन गरेका छन् । त्यस्तै, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ र सङ्गीत टंक बुढाथोकीको रहेको छ । यसको छायाङ्कन कृष्ण श्रेष्ठले गरेका छन् । यसमा समावेश गरिएका गीतहरुमा दाडका पर्यटकीय सम्पदाहरु, लुम्बिनी, बतासे डाँडा, पोखरा, मुग्लिङ, सौराहा लगायतका दृश्यहरु राखिएको बताउँदै लोकेशन र प्रविधिमा कुनै सम्झौता नगरिएको निर्माता महेन्द्र बुढाथोकीले बताए ।

पर्शुराममा आजभोलिका व्यस्त र चर्चित नायक किशोर खतिवडाले पर्शुरामको मुख्य भूमिका निभाएका छन् । उनको नायिकाको रुपमा पुराना स्थापित कलाकार जयकिशन बस्नेतकी सुपुत्री जाहान्वी बस्नेत रहेकी छन् । खलपात्रको रुपमा घनश्याम गिरी र सुशील पोख्रेल छन् भने नवनायक÷नवनायिकाको रुपमा नवराज रावत र स्वस्ती क्षेत्रीले अभिनय गरेका छन् । त्यसबाहेक अन्य भूमिकामा स्थानीय कलाकारहरुले पनि राम्रो अभिनय गरेको कार्यकारी निर्माता सविन प्रियाशनले जानकारी दिए ।

पहिलो पेजबाट