तुलसीपुर, १२ कात्तिक । दाङका पत्रकार राकेश बस्नेतलाई पितृशोक परेको छ ।

rakesh ka buwaदाङको बिजौरीबाट प्रकाशित साक्षी खबर सापताहिकका प्रकाशक÷सम्पादक बस्नेतका बुवा तुलसीपुर १८ मनिकापुर निवासी मीनबहादुर बस्नेतको ६५ बर्षको उमेरमा निधन भएको हो ।

प्रेस सेन्टर दाङका सचिवालय सदस्य तथा पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य समेत रहेका बस्नेतका वुवाको घोराहीको दिपज्योती अस्पतालमा आईतबार राती ११ बजे निधन भएको हो । बस्नेतको विहान संक्राम खोला घाटमा अन्त्यष्टी गरिदैछ ।