काठमाडौँ, १२ कार्तिक । कतारका राष्ट्राध्यक्ष शेख तमिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार जाँदैछन् ।

president-bidhyआजदेखि हुन लागेको मित्रराष्ट्र कतारको भ्रमणलाई सरकारले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी कात्तिक १२ देखि १५ गतेसम्म तीन दिनका लागि कतार जान लागेकी हुन् ।

उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागीसहित राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।