इन्द्रेणी संवाददाता
दाङ, ९ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले एक लाख ३५ हजार नगदसहित जुवाको खालबाट सात जनालाई पक्राउ गरेको छ ।

juwa-ko-khalघोराही उपमहानगरपालिका वडा नं. ३ भैसिकुरमास्थित शरद थापाको घरमा जुवा खेली रहेको समयमा नगदसहित उनीहरुलाई पक्राउ गरिएको डिएपी रामप्रसाद घर्तीले बताए ।

गोप्पे सूचनाका आधारमा उनीहरुलाई प्रहरीको विशेष टोलीले कार्तिक ८ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गर्नेहरुको नाम नखुलाए पनि उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।