काठमाडौं, ८ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज विहान वसेको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

nekapa-photoसचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ । नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।