घोराही, ८ कात्तिक । घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछिको नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने निति पारित गरेको थियो ।

DSC_5020सोही निति अनुसार नागरिकहरुको स्वास्थ्य उपचारलाई पहुँच युक्त बनाउन शहरी स्वास्थ्य केन्द्र स्थापना भैरहेको नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

कुनै पनि विरामीहरुलाई उपचारबाट बन्चित हुन नपरोस र निशुल्क उपचार होस भन्ने हेतुले वडाहरुमा वडाबासीको पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरु स्थापना भैरहेका उनको भनाई छ ।

आज एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ११ को शिबपुरमा शहरी स्वास्थ्य केन्द्रका नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले उद्घाटन गरे । वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबहाक प्रमुख न्यौपानेले रिवन काटेर स्वास्थ्य केन्द्रको उद्घाटन गरे ।

उक्त शहरी स्वास्थ्य केन्द्रबाट ३२ प्रकारका औषधीहरु निशुल्करुपमा पाईने केन्द्रका इन्चार्ज शिबबहादुर कवरले जानकारी दिए ।
प्राथमिक उपचार, गर्भवती जाँच, टिबिको उपचार, परिवार नियोजनका साधन बितरण, परामर्श, खोप लगाएतका उपचार सेवा समेत रहेको छ ।