तुलसीपुर,१९ असार । प्रर्गतीशील प्राद्यापक संगठनले नेपाल संस्कृत बिश्वबिद्यालयको केन्द्रीय कार्यालयमा कालो झण्डा गाडेको छ । प्रगतिशील प्राद्यापक संगठनका केन्द्रीय सचिव डिलाराम भट्टराईले दिएको जानकारी अनुसार केन्द्रीय समितिको आह्वानमा विरोध स्वरुप कालो झन्डा गाडिएको हो ।

13557730_10208469924818960_2658023959192607176_nसंगठनका केन्द्रीय सचिव भट्टराईको अध्यक्षमा आइतवार कालो झण्डा गाडे संगै बिश्वबिद्यालयको मुल गेट अगाडी भएको कोण सभालाई एमालेका जिल्ला कार्यबहाक अध्यक्ष हुकुम बस्नेत, क्षेत्र नं ४ का इञ्चार्ज मनोहर बुढाथोकी, विश्वविद्यालय विद्यापिठका निवर्तमान निमित्त प्राचार्य उदयराज सुवेदी लगाएतले सम्वोधन गरेका थिए ।

विश्वविद्यालय विद्यापिठको प्राचार्यमा सह–प्रधापक वंशीधर आचार्यलाई नियुक्त गरै संगै संगठन रुष्ट बनेको हो । विश्वविद्यालयका उपकुलपति प्राद्यापक डाक्टर कुलप्रशाद कोईरालाले नियुक्त गरेका आचार्य नेकपा माओवादी केन्द्र निकट हुन् । उनी यसअघि जनताविद्यापिठ विजौरीमा कार्यरत थिए ।