इन्द्रेणी संवाददाता
नारायणपुर, १९ असार
न्यु स्टार फुटबल क्लब नारायणपुरले आयोजना जिल्ला स्तरिय फूटबल क्लबको उपाधी आयोजक टिमले हात पारेको छ । असार ९ गतेदेखी सुरु भएको प्रतियोगीताको फाईनल खेलमा स्कूल स्पोर्ट फुटबल एकेडेमी तुल्सीपुरलाई पराजित गर्दै आयोजक न्यू स्टार फुटबल क्लबको टिम विजयी भएको हो ।kheladi

फाईनल खेलमा तुल्सीपुरलाई ३ का विरुद्ध ४ गोलले पराजित गर्दै न्यू स्टार विजयी भयो भने स्क्ुल फुटबल क्लब द्धतियमा चित्त बुझाउन बाध्य भयो ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यु स्टारको तर्फबाट टिम क्याप्टेन खुमबहादुर वलीले २, संघर्ष वलीले १ र मनिष पाण्डेले १ गोल गर्नुभएको थियो । यस्तै  स्कूल स्पोर्ट फुटबल एकेडेमी तुल्सीपुरको तर्फबाट सुरज डाँगीले २ र अर्जुन नेपालीले १ गोल गर्नुभएको थियो ।

प्रतियोगीतामा मज्गै फुटबल क्लब तृतीय भएको छ । नारायणपुरको विपी बाटिका फुटबल मैदानमा भएको प्रतियोगीताको फाईनल खेल हेर्नकालागी जिल्लाभरका दर्शकहरुको सहभागीता रहेको थियो । प्रतियोगीताका विजेताहरुलाई एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धतिय र तृतीय हुने टिमले क्रशमः नगद २५ हजार, १० हजार र ५ हजार एवं मेडल एवं प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेल व्यस्थापन समतिका संयोजक दामोदर वलीको अध्यक्षता एवं दाङ जिल्ला फुटबल संघका अध्यक्ष पुकार थापाको प्रमुख आतिथ्य र ईप्रका नारायणपुरका ईन्चार्ज प्रहरी नायव निरिक्षक धनबहादुर कसीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा नेपाल कांग्रेसका जिल्ला सदस्य कमल वली र क्लबका सल्लाहकार डिएन दाहालले मन्तव्य राख्नुभएको थियो ।।