इन्द्रेणी संवाददाता
दाङ, १९ असार
दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । २०७२ साल फागुन २१ देखी चैत २ गतेसम्म सञ्चालन भएको ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला’ को आर्थिक आयव्यय सार्वजनिक गरिएको हो ।

13612334_1214373888607380_853217260885372697_nसंघले आज घोराहीमा पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष हेमराज बञ्जाडेले महोत्सवमा १ करोड ६९ लाख ६६ हजार ७ सय १८ रुपैया २१ पैसा आम्दानी भएको जानकारी दिनुभयो । जसमध्य १८ लाख ७८ हजार ५ सय ५९ रुपैया उठ्न बाँकी रहेको छ ।

महोत्सवमा सहयोगी दाताहरुबाट ५६ लाख २९ हजार ९ सय ९४ रुपैया ६२ पैसा, प्रवेश शुल्कबाट ६१ लाख ७१ हजार २ सय ७० रुपैया, स्टलबाट ४३ लाख १३ हजार १ सय ७ रुपैया ५९ पैसा, घुम्ती पसलबाट ५० हजार ५ सय, हेलिकोप्टरबाट १ लाख ३६ हजार ५ सय ८ रुपैया, रेसलिङबाट ५ लाख ५९ हजार २ सय, पकीङबाट ६० हजार र विविधबाट ४६ हजार १ सय ३८ रुपैया संकलन भएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा १ करोड २ लाख ७८ हजार ७ सय ९३ रुपैया ५० पैसा खर्च भएको जानकारी दिनुभयो । महोत्सवबाट ६६ लाख ८७ हजार ९ सय २४ रुपैया ७१ पैसा बचत भएको उहाँले बताउनभुयो । बचत भएको रकम संघको संस्थागत विकास, उद्यम विकास र सभागृहमा निर्माण कोषमा बचत गरि तीन शीर्षकमा खर्च गरिने जानकारी दिनुभयो ।

दाङ जिल्ला उद्योग वाणीज्य संघले सभागृह निर्माण गर्ने उद्धेश्यका साथ २०६९ सालमा सञ्चालन गरेको महोत्सवबाट ५१ लाख बचत गरेको थियो । सभागृह निर्माणका लागी घोराही १० पुरानो बसपार्कमा पर्खाल निर्माण तथा तारबारको काम भईसकेको छ भने त्यस स्थानमा रहेका सुकुम्वासीहरुलाई व्यवस्थापन गरिरहेको र व्यवस्थापनको काम अन्तिम चरणमा रहेको संघका संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

संघका अध्यक्ष हेमराज बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिव दिपक सुवेदीले गर्नुभएको थियो । यसैबीच दाङ जिल्ला उद्योग वाणीज्य संघले महोत्सव सफल बनाउनकालागी सहयोग गर्ने महोत्सवका समितिm मूल समिति, सल्लाहकार लगायत सम्पूर्ण उद्योगी व्यापारी, राजनितिक दल, सहयोगी संघसंस्था, सुरक्षा निकाय, पत्रकार लगायत सम्पूर्णमा पुनः धन्यवाद दिएको छ ।।