दिपक वोहोरा
तुलसीपुर १९ असार
दाङमा आज भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन ।

accघोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ प ९४६४ नं को मोटरसाईकल र तुलसीपुरबाट बिजौरी तर्फ आँउदै गरेको रा १ त १९३६ नं को ट्याक्टर हात्तिखौवामा एकआपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा तुलसीपुर नगरपालिका ५ का ३५ बर्षिय टेक बहादुर वुढा र सल्यान धनबाङ् १ का ३१ बर्षीय भुप बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाईतेहरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ट्रेक्टर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।।