इन्द्रेणी संवाददाता
दाङ, असार १९
दाङ जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघले संयुुक्त अभियान चलाउने प्रतिवद्धता ब्यक्त गरेका छन । सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरुका लागि आज घोराहीमा आयोजित पूर्ण सरसफाइ सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा खानेपानी कार्यालय र वन महासंघ दाङबिच सरसफाइका लागि सम्युक्त अभियान चलाउने निर्णय पनि भएको छ । sar

वन समूहलाई गाउँतहका बलिया स्थायी संस्थाका रुपमा लिइ वन समूह मार्फत अभियान चलाउने र दुवै संस्थाबिच अनुभवन आदानप्रदान गरी थप प्रभावकारी रुपले अघी बढ्ने निर्णण गरिएको छ । सरसफाइ अभियान सवैको साझा अभियान भएको भन्दै कार्यक्रमका सहभागिहरुले साझा अभियानलाई सम्युक्त रुपले अघी बढाउनेमा जोड दिएका छन ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले आफूहरुले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानदेखि नै अन्यन्त सक्रिय रुपले लागेको भन्दै आगामी दिन थप प्रभावकारी रुपले अघी बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । पाँच बर्षअघी एक ब्यक्ति एक रुख अभियान थालेको वन महासंघले धुँवा मुक्त गाउ, सुधारिएको चुलो अभियान, पानीका मुहान संरक्षण, स्थानीय अनुकुलन योजना निर्माण लगायत थुप्रै कार्यक्रम जारी राखेको भन्दै अध्यक्ष सापकोटाले जिल्लालाई पूर्ण सरसफाइको अभियानमा जिल्लाका सवै वन समूह सक्रिय रुपले लाग्ने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख जगन्नाथ पूर्वेले सरसफाई अभियानलाई अघी बढाउनकालागि आफूले वन महासंघसँग समन्वय र सहकार्य गरी अघी बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।       कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर तिलक न्यौपानेले दाङमा बिगतदेखि अहिलेसम्म र आगामी दिनमा गरिने रणनितिबारे जानकारी गराउनु भएको थियो ।