रेखा मगर
दाङ, १९ असार
रोल्पाको डुबिङ स्थित धारापानी सामुदायिक वनको ११ दशमलव ७५ हेक्टर क्षेत्रफलमा वृक्षारोपन गरिएको छ । जिल्ला वन कार्यालय रोल्पाले उपलव्ध गराएको १८ हजार ८ सय तेजपातका विरुवाहरु रोपिएको बन समुहले जनाएको छ ।
इलाका वन कार्यालय जौली पोखरीका प्राविधिक, बन समुहका पदाधिकारी र स्थानीय सर्वसाधारणको सहभागितामा एक हप्तासम्म वृक्षारोपन गरिएको वन समुहका अध्यक्ष दिल वहादुर वुढाले जानकारी दिनुभयो ।
हरियाली जोगाऔं, स्वस्थ जीवन वाँचौं भन्ने भन्ने कुरालाइ वोध गरेका उक्त वन समुहका उपभोक्ताहरुको सक्रिय सहभागितामा सामुदायिक वनमा वृक्षारोपन गरिएको हो ।।