इन्द्रेणी संवाददाता

दाङ , २ कार्तिक । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ९ बजेर ५१ मिनेटमा परेको छ । यस वर्षको बडादशैं आज (कार्तिक २ गते) हो ।

विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।

हिन्दु धर्मावलम्बीले मनाउने महान चाड दशैंको टीका ९:५१ मा उत्तम साइत भएकाले त्यतिबेला टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् ।