इन्द्रेणी संवाददाता
दाङ , २९ असोज । दाङको राप्ती नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
गत शनिबार नुहाउने क्रममा नदीमा डुबेर बेपक्ता भएका लमही नगरपालिका वडा नम्बर ३ निवासी बामदेव घिमिरेको शव राजपुर गाउँपालिका वडा नम्बर २ मा पानीमा डुबेको अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।
