तुलसीपुर, २६ असोज । दाङमा भएको दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका हुन् ।

accdentदुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३९ बर्षीय प्रकास केसी र उनकी श्रीमती ३६ बर्षीय सुनिता केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनीहरुको दुबैको खुट्टा फ्याक्चर भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी रहेको समेत उनले बताए ।

हापुरेबाट तुलसीपुर आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बस र तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले बताएको छ ।