दाङ, २५ असोज । दाङको गजराज सिमेण्ट उद्योगले आफ्नो उत्पादन शुरु गरेको छ ।  यहाँका नागरिकको स्वास्थ्यलाई कुनै असर नपर्ने गरी उद्योग सञ्चालनमा ल्याएको उद्योगका प्रबन्ध निर्देशक वासु पाण्डेले बताए ।

downloadदैनिक १ हजार ८ सय टन सिमेण्ट उत्पादन क्षमता भएको उद्योग स्थापना गर्न १ अर्ब ६० करोडको लगानी रहेको पाण्डेले जानकारी दिए ।

उद्योगले दाङको काभ्रे, लोहरपानी, स्यूजा, रोल्पाको डुब्रिङ र प्यूठानको रम्दीबाट चुनढुङ्गा ल्याउने गरेको छ । उद्योगले क्लिङ्कर तत्कालका लागि सोनापुर सिमेण्ट उद्योग र भारतबाट ल्याउने गरेको पाण्डेले जानकारी दिए । सिमेण्ट उद्योगले गजराज र सम्राट ब्राण्डका पीपीसी र ओपीसी सिमेण्ट उत्पादन गर्ने उद्योग प्रशासनले बताएको छ ।