काठमाडौँ, २५ असोज। मेडिकल रिपोर्टमा बालिका बलात्कार नभएको आशय आउने गरी मेडिकल रिपोर्ट तयार गर्ने दुई डाक्टर निलम्बित भएका छन् ।

close up of patient and doctor taking notesजनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक तथा स्वास्थ्य जाँच गराउने डाक्टरहरु रम्भा गोइत र विजयकुमार सिंहलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको हो । काउन्सिलले बुधबार साँझ नै प्रेस विज्ञप्ति जारी गर्दै गोइत र सिंहलाई निलम्बन गरेको जानकारी दिइसकेको छ ।

धनुषा जनकनन्दनी गाउँपालिका २ की १२ वर्षीय बालिकालाई सोही स्थान बस्ने करण मण्डलले गएको भदौ ८ जबरजस्ती गरेका थिए । त्यस लगतै भदौ ९ गते पीडित बालिकालाई जनकपुर अञ्चल अस्पतालमा लगि स्वास्थ्य परीक्षण गराइएको थियो ।