सुर्खेत, २४ असोज । प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका काम कारबाही प्रति असन्तुष्टि जनाउँदै अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक आउँदो शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

pradesh-6आज दिउँस १ बजेसम्मका लागि बोलाइएको बैठक २ बजेसम्म सुरु नभएपछि संसद सचिवालयले सूचना टाँसेर बैठक शुक्रबारसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाउने प्रयास भए पनि सहमति हुन सकेन् ।