काठमाडौँ, २४ असोज। सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा घुस लिदालिदै पक्राउ परेका छन् ।

ghus-lidaiअख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई पाँच लाख घुस लिँदालिँदै आज बिहान पौने ९ बजे पक्राउ गरिएको हो ।

उच्च सरकारकी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा उनी पक्राउ परेको बताइएको छ । थापाले टण्डनका छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै पैसा मागेका थिए।