दाङ, २२ असोज । नेकपाको तुलसीपुर र घोराहीमा जबसको बृहत ¥यालीसहित नगर स्तरिय सम्मेलन सम्पन्न भएको छ । दलाल, भ्रष्ट, महङ्गी, बलात्कार र शैक्षिक विकृृतिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीनिकट जनवगर्गीय संगठनहरुको आज दाङको तुलसीपुर र घोराहीमा बृहत ¥यालीसहित नगर स्तरिय सम्मेलन भएका छन् ।

IMG_20181008_121936तुलसीपुर र घोराहीमा एकै साथ हजारौंको संख्यामा दलाल, भ्रष्ट, महङ्गी, बलात्कार र शैक्षिक विकृृति प्रदर्शनसहित भएको हजारौं विद्यार्थीसहितको ¥यालीले विभिन्न ठाउँको परिक्रमा गर्दै नगर सम्मेलनमा परिणत भएका थिए ।

तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दरले ११ सय योद्धाहरु अझैं वेपत्ता रहेको बताए । जुन वयवस्थाका लागि १३ हजार शहिदले रगत बगाए त्यो व्यवस्था स्थापना नभएकाले अहिले पनि त्यही १० वर्ष जनयुद्धको मुद्यालाई उठाएर गाउगाउमा गइरहेको बताए ।

दलाल संसदीय पुजीवादी व्यवस्थाले जनतालाई झन् सास्ती दिने भन्दै त्यसको अन्त्यका लागि विगतमा जनयुद्ध भएको तर त्यो व्यवस्था नढल्दै बरु त्यही वयवस्थामा प्रचण्ड बाबुरामहरु ढल्न पुगेको बताए ।

तुलसीपुरमा भएको जनवर्गीय संगठनहरुको संयक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज सविनले नेपाल कम्युनिष्ट पार्टीमाथि राज्यले लगाएको प्रतिबन्ध जनताले खारेज गरिदिएको बताए । आफूहरुमाथि लगाएको अघोषित प्रतिबन्धलाई राज्यले पनि खारेज गर्नुपर्ने उनले माग राखे ।