काठमाडौँ, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज सोमवार वस्दैछ ।

KP-नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परामर्श अनुसार आइतवारका लागि सचिवालयको बैठक राखिएको थियो ।

दिउँसो तीन बजेका लागि तय भएको बैठकमा कार्यव्यस्तताका कारण शीर्ष नेताहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको थियो ।