इन्द्रेणी संवाददाता
तुलसीपुर २१ असोज । समदर्सी युवा कल्व तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाँउको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

feature0कल्वका अध्यक्ष टेकराज के.सीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विरबहादुर वि.क (विजय)को प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम साधारण सभा कार्यक्रममा कलिभान रोका ,परिर्वतन कृषि सहकारी संस्थाका अध्यक्ष जितबहादुर वली,जेष्ठ नागरीक वडा कमिटि संयोजक लोकमणी पाण्डे, युवराज बुढाथोकी ,पदम खड्का,नरेश गिरी,झविलाल घिमिरे लगायतले आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा संस्थालाई अतुलनीय योगदान दिएका दुई जना युवा चेतमान सेजुवाल , कलिभान रोका र एक जना अपाङ्ग टेक बहादुर वि.कलाई प्रमाण पत्र र नगदले सम्मान गरिएको थियो । कल्वका उपाध्यक्ष यमन खड्काको स्वागत मन्तब्यबाट शुुरु भएको कार्यक्रमको सञ्चालन ऋषि परियारले गरेका थिए ।