इन्द्रेणी संवाददाता

तुलसीपुर २१ असोज । सम्झना सामुदायिक बन उपभोक्ता समूह तुलसीपुर उमपहानगरपालिका वडा नं. ३ डाँडाखुट्टी दाङको शनिवार निबार्चन सम्पन भएको छ ।

banसम्झना सामुदायिक बन उपभोक्ता समुहमा कार्यसमितिहरुको कार्यअवधि समाप्त भएकोले सहमतिमा बामगठ बन्धन र लोकतान्त्रिक प्यानलका दुवै पक्षले आ–आफ्नो दावी गरेको हुदाँ सहमति हुन नसकेर निवार्चन हुन पुगेको थियो ।

सम्झना समुदायिक वन उपभोक्ता समुहमा घरकुरे ३ सय ७१ मतदात संख्या रहेको थियो जस्मा ३ सय ५६ मत खसेको निर्बाचन कमिटीका संयोजक खकेन्द्र खरेलले बताए । लोकतान्त्रिक प्यानल र बामगठ बन्धन गरी दुई टिम चुनावी मैदानमा उत्रिएका थिए जस्मा सामुदायिक वनमा लोकतान्त्रिक प्यानलको पुरै टिम विजय भएको छ ।

जसअन्तर्गत अध्यक्ष पदमा मीनबहादुर के.सीले २ सय ३२ मत ल्याएर विजय भएका छन् । उनले प्रतिद्धन्दी बाम गठमन्दका डिलाराम कडेलले १ सय ७ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा युवराज वलीले २ सय २९ मत ल्याइ विजय भएको छन् भने उनका शिवलाल के.सीले १ सय ३ मत प्राप्त गरे । सचिवमा ललिता के.सीले २ सय ३१ मत ल्याई विजय भए भने उनका प्रतिद्धन्दी टिका लामिछानेले १ सय २ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा इन्द्रलाल खरालले २ सय १७ मत ल्याई विजय भए भने उनका प्रतिद्धन्दी अनन्त बहादुर के.सी.ले १ सय १२ मत प्राप्त गरे ।

त्यसैगरी सह–सचिव पदमा खुमबहादुर रावलले २ सय २८ मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रतिद्धन्दी पोषणराज लामिछानेले १ सय ७ मत ल्याए ।

त्यस्तै जनजाती महिला सदस्य भिमकुमारी छन्तेल, खुल्ला सदस्यमा रामबहादुर डाँगी, दलित महिला सदस्यमा रामकली वि.क. निर्वाचित भएका छन् ।

नवनिर्बाचित पदाधिकारीहरुलाई सम्झना समुदायिक बन उपभोक्ता समूहका निर्वाचन कमिटी संयोजक खकेन्द्र खरेलले शपथ खुवाए र पदभार ग्रहण गराएका थिए ।