काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट साट्ने भएको छ ।

naya-noteराष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ भनेआफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ ।