तुलसीपुर, १९ असोज । एमआई मोवाईलको चार वटा नयाँ मोडलको दाङमा भित्रिएका छन् । बिश्व बजारमै अग्रस्थानमा रहेको एमआई मोबाईलका चार वटा मोडलहरुलाई बिहीबार घोराहीमा एक कार्यक्रम गरि सार्बजनीक गरिएको हो ।

MI Mobilesउक्त मावाईलका मोडलहरुलाई ग्राहकहरुले अत्यधिक मनपराएको राप्ती अञ्चलको आधिकारीक बिक्रेता टिम ईलेभन ट्रेड लिंकका ब्यबस्थापक बसन्त भण्डारीले बताए । विश्वबजारमै प्रख्यात रहेका उक्त मोडलहरु दाङमा पनि अत्यधिक मनपराईने उनले विश्वास लिए ।

भण्डारीको अध्यक्षता तथा एमआई मोवाईलका राप्ती र भेरी अञ्चल बजार प्रतिनिधि सुमन पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।