काठमाडौँ। उच्च अदालतले किर्ते जालसाजीको दोषी ठहर गरेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

kamal-gyawaliतीन वर्षदेखि फरार रहेका ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा दोषी ठहर गरेको थियो । अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो। त्यस लगतै ज्ञवाली फरार रहेका थिए।