दाङ, १६ असोज । घोराहीमा महामानव विपी कोइरालाको शालिक निर्माण गर्न सुरु गरिएको छ । जिल्लाको सदरमुकाम घोराहीमा विपीको शालिक निर्माण गर्न सुरु गरिएको हो ।
नेपाली कांग्रेसले घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा विपीको शालिक निर्माण सुरु गरेको हो । सोमवारदेखि शालिक निर्माणको कार्य सुरु भएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले शालिक निर्माणको संयोजक गरेको छ ।
करिब १७ लाखको लागतमा शालिक पूर्ण रुपमा तयार गरिने क्षेत्रीय सभापति भुपबहादुर डाँगीले बताए । मंसीर मसान्तसम्म निर्माण सकिने बताइएको छ ।











