काठमाडौँ, १६ असोज । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेपालको अखण्डता कायम गरिरहन संघीयता खारेज गर्नुपर्ने बताएका छन् । एपीवान एचडीको कार्यक्रम तमसोमा ज्योतिर्गमयमा टीकाराम यात्रीसँग सोमबार कुरा गर्दै उनले नेपालले संघीयता थेग्नै नसक्ने बताए ।

chitra-bahadur-kcअध्यक्ष केसीले विश्वका १७० भन्दा धेरै देशमा अहिले पनि एकात्मक शासन रहेको बताउँदै नेपालमा सबैभन्दा पहिले अनावाश्यक रहेको प्रादेशिक संरचना खारेज गरिनुपर्ने बताए ।

‘देश संघीयतामा गएको केही वर्षमै प्रादेशिक संरचना भालुको कन्पट भएको छ’, केसीले भने, ‘सात प्रदेशका सांसद र मन्त्रीसहित साढे तीन सय भन्दा धेरैलाई देशले कसरी पाल्न सक्छ ? त्यसमा आउने अर्बौँ खर्च कहाँबाट जुटाउने रु स्रोत के खोज्ने रु प्रादेशिक संरचना विघटन नगर्ने हो भने नेपाल चल्दैन ।’

नेपाल जस्तो भौगोलिकरुपमा सानो देशलाई चाहिँदै नचाहिएको प्रदेशमा खर्च बढ्नु स्वभाविक भन्दै उनले केन्द्र र स्थानीय तहसहितको संरचना नै नेपालका लागि पर्याप्य हुने बताए अन्नपूर्णमा खबर छ ।

‘देशको विकास त गाउँपालिका र नगरपालिकाले विकास गरिजान्छन् नि’, उनले भने, ‘प्रदेशका साढे तीन सय सांसद र मन्त्रीहरुको कुनै काम छैन । संघीय संरचना अनुसारको प्रदेश तत्काल खारेज गरेर त्यसको अधिकार स्थानीय तहलाई दिए हुन्छ ।’

प्रदेश अव्यवहारिक भएकैले देशले पनि अस्वभाविक आर्थिक भार थेग्नै नसक्ने उनको भनाइ थियो । ‘नेपालमा संघीयता सफल बनाउने भनेको देशलाई सुडान र नाइजेरिया बनाउने हो’, उनले भने, ‘संघीयता रहिरहे नेपाल सुडान जसरी टुक्रिन्छ, युगोस्लाभिया जसरी नक्सबाटै हरउान पनि सक्छ ।’

नेपालमा नेपालीलाई नभइ विदेशीलाई संघीयता चाहिएको केसीले बताए । ‘दक्षिणी छिमेकीलाई चाहिएको संघीयता भनेको तराईका २० वटा जिल्ला टुक्राउने संघीयता हो । त्यही भएर अहिले अंगीकृतलाई पनि बंशजलाई जस्तै अधिकार दिन संविधान संशोधन हुँदैछ’, केसीले भने, ‘अर्कातिर नेपालमा जातीय संघीयता लादेर त्यसलाई उपयोग गरी आफ्नो स्वार्थ पुरा गर्न खोज्दैछन् युरोप अमेरिका, त्यसैले नेपाललाई संघीय प्रणाली बरदान होइन सराप हुन्छ ।’

अध्यक्ष केसीले अब केन्द्रमा केही अधिकार राखेर धेरै अधिकार स्थानीय तहमा दिनुको विकल्प नरहेको पनि बताए । उनले प्रदेश खारेज भए मात्रै देशले धान्न सक्ने जिकिर पुनः गरे । अध्यक्ष केसीले फरक प्रसंगमा केपी ओली नेतृत्वको दुईतिहाइ बहुमतको सरकार दलाल र माफियाको चंगुलमा फसिसकेकाले धेरै आशा गर्नु बेकार हुने बताए ।