तेह्रथुम, १६ असोज । सौतेनी छोरीलाई जबरजस्ती करणी गरेर गर्भवति बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

balatkari-pakrauलालीगुरास नगरपालिका–३ का शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनी सौतेनी छोरीलाई जवरजस्ती गरेर गर्भवती बनाएर एक वर्षदेखि फरार रहेका थिए ।

उनलाई काठमाण्डौ स्थित गौशाला एरियामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।