रेखा मगर
दाङ, १८ असार
जलबायु परिवर्तनसंगै आदिवासी जनजातिहरुको जनजीवनमा प्रतिकुल असर पर्दै भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । वर्षेनी पृथ्वीमा वढ्दै गएको तापक्रम, नासिदै गएको प्राकृतिक सम्पदा र आधुनिक जीवनशैलीका कारण आदिवासी जनजातिहरु प्रत्यक्ष मारमा गर्दै गएको निश्कर्ष निकालिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ त्रिपुर नगर समन्वय समिति दाङको आयोजनामा आदिवासी जनजातिका लागी आइ.एल.ओ सम्वन्धि ३ दिने अभिमुखीकरण तालिमका सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन । अभिमुखीकरणमा सहभागीहरुले विकासका नाममा भएका गरेका गतिविधीले आफुहरुको जीउने आधार धरासायी हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्दै गएको वताएका हुन ।
उद्योग स्थापना गर्दा आफुहरुको अवस्था अध्ययन नगरी वस्ती छेउछाँउमै सिमेन्ट, इट्टा लगाएतका उद्योगहरु स्थापना गर्दा र फोहोर व्यवस्थापनमा उचित सतर्कता नअपनाँउदा आफुहरुलाइ दिर्घकालिन समस्या आइपर्ने गरेको सहभागीको भनाइ छ । पहाडी क्षेत्रमा नासिदै गएको वनजंगल, हिमाली क्षेत्रमा उजाडिदै र वढ्दै गएको सुख्खापन तथा तराइ क्षेत्रमा खेतियोग्य जमिन नासिदै जाँदा अन्य समुदायको वाहुल्यता वढ्दै जाँदा जनजातिहरुको पेशा, व्यवसाय तथा रहनसहन तथा दैनिकीमा असर पर्दै भएको उनीहरुले वताएका छन ।
यसैविच, ३ दिने तालिमको एक कार्यक्रमका विच समापन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ त्रिपुर नगर समन्वय समितिका कार्यवाहक अध्यक्ष धु्रव बाँठा मगरको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ दाङका सदस्य टेकमान वुढाको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको हो । सो अवसरमा आदिवासी जनजातिका नेता तथा अगुवा, राजनैतिक दलको सहभागिता रहेको थियो ।
तालिममा आदिवासी जनजाति को हुन, नेपाल सरकारले आइ एल ओ का महासन्धिप्रति निभाउनुपर्ने दायित्वहरु, आदिवासी जनजातिका समस्या तथा समाधानका उपायका विषयमा छलफल गरिएको थियो । ३५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा सोम धिमाल र सहप्रशिक्षकमा चन्द्रप्रसाद चौधरी रहनुभएको थियो । तालिम समापन कार्यक्रमको सहजीकरण राजेश चौधरीले गर्नुभएको थियो ।।
