दाङ १८ असार । दाङमा बाढीबाट हुने ठुलो क्षतिबाट बच्न दैबिक प्रकोप उद्धार समितिले यस बर्ष पूर्बतयारी गरेको जनाएको छ । जिल्ला दैबिक प्रकास उद्धार समितिका संयोजक एबम प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले मनसुन पूर्वतयारीका साथै उद्धार सामाग्री समेत बितरण गरिएको बताउनुभयो ।

popupजिल्ला तहमा गठन हुने जिल्ला दैबिक प्रकोप उद्धार समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारी र सदस्य –सचिबमा स्थानिय बिकास अधिकारी रहने ब्यबस्था गरिएको छ ।

बिगतमा बाढीले पु¥याएको क्षतिलाई मध्यनजर गर्दै स्थानिय स्तरमा नै उद्धार टोली गठन गरिएको बिपत ब्यबस्थापनमा क्रियासील नेपाल रेडक्रस सोसाईट दाङ शाखाका फिल्ड कार्यक्रम अधिकृत संन्तोष ढकालले जानकारी दिनुभयो ।

स्थानिय बिपत ब्यबस्थापन योजना २०६८ अनुसार दाङमा दुई तहमा स्थानिय बिपत ब्यबस्थापन समिति गठन गरिएको छ । वडामा वडा नागरिक मञ्चको संयोजकत्वमा ९देखि १३ सदस्यीय सम्म र गाबिस स्तरमा गाबिस सचिबको संयोजकत्वमा १९ सदस्यीय स्थानिय बिपत ब्यबस्थापन समिति गठन गरिएको ढकालले बताउनुभयो ।

बिपत ब्यबस्थापनका लागि रेडक्रसले गोल्टाकुरी र पवननगर तथा अपाङ मानव अधिकार संरक्षण मञ्चले तुलसीपुर नगरपालीकाका वडा नम्वर १८,१९ र २० मा समिति गठन गरेको छ । यस्तै बाढीको अत्यन्त संबेदनशील देउखुरीका लालमटीया,सिसहनीया, सोनपुर, राजपुर र गंगापरस्पुरमा केयर नेपाल र ह्याण्डी क्यापको सहयोगमा बिपत ब्यबस्थापनको पूर्बतयारीका काम भई रहेका छन् ।

२०७० साउन २९ र ३० गते आएको बाढीका कारण १२ जनाको ज्यान गएको थियो । जसमा डुरुवामा ३,गोल्टाकुरीमा १,उरहरीमा २ ,धनौरीमा ३,पुरन्धारमा ३ र बेपत्ता सहित पञ्चकुलेमा ३ जनाको मृत्युभएको थियो । बाढीबाट बिस्थापीत, पूर्ण ५ सय २१ र आशिक ४ सय ८७ गरि १ हजार ८ घरपरिवार पीडित भएका थिए । जिल्लामा १५ गाबिस २०७० को बाढीबाट प्रभाबित भएका थिए ।।