इन्द्रेणी संवाददाता
टोकियो १८ असार | कसैले पनि कुनै दीनदुखी हरुलाई गर्ने सहयोग ठुलो सानो हुदैन सबै भन्दा ठुलो त मन हो जो सबैको एकनासको हुदैन | जसको सहयोगी कोमल हृदय हुन्छ उसले मात्र अरुको दुखमा साथ दिन सक्छ | यस्तै यस्तै कोमल ह्रदय बोकेर केहि समय अगाडि जापान पुगेका सरद पोख्रेललाइ धुर्मुस र सुन्तलीले गरेको समाजसेवाले च्वास्स छोयो र लागे धुर्मुस सुन्तली फाउण्डेशनका लागि सहयोग जुटाउन | छोटो समयको अभियान पश्चात केहि रकम आज उनले धुर्मुस सुन्तली फाउण्डेशनको एकीकृत बस्ति निर्माण अभियानका लागि कुञ्जना घिमिरे को नाममा नेपाल पठाएका छन् |
धुर्मस सुन्तली फाउण्डेसनलाई सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती निर्माणको लागि नेपाल बाट उच्च शिक्षा हाँसिल गर्न जापान पुगेका नेपाली हरुबाट संकलन गरेर रु ७६,६८३/-( छहत्तर , हजार, छ सय त्रियासी ) रुपियाँ पठाएका छन् | विनासकारी महाभूकम्पबाट पिडित भएका पीडितलाई सहयोग अभियान चलाउदै आएको धुर्मस सुन्तली फाउण्डेसनले भूकम्प पीडितको उद्धार र विकासको नमूनाका लागि गिरानचौर एकिकृत बस्ती निर्माण सुरु गरिसकेको छ | थोपा थोपा गरेर अर्थ संकलन भइरहेको यस अभियानमा २ करोड रुपैँया भन्दा धेरै जम्मा भएको फाउण्डेसनले जनाएको छ | भूकम्पले ध्वस्त भएका वस्तीहरुबाट काभ्रेपलाञ्चोकमा एउटा सुन्दर एकीकृत नमुना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मस सुन्तली फाउण्डेसनको गिरानचौरमा निर्माणाधिन एकिकृत नमूना बस्ती निर्माण अभियानमा देश तथा विदेश बाट आर्थिक सामाजिक सहयोग आउदै गरेको अभियानका अध्यक्ष सिताराम कट्टेलले जानकारी गराएका छन |
को को हुन् सहयोगी हातहरु
शरद पोख्रेल , दाङ रु ५०००/-
अजय नेपाल , भक्तपुर रु ५००० /-
बिजय सडौला, धादिङ रु ५००० /-
सुदिन पोख्रेल, मोरङ रु ५००० /-
सुजन गुरुङ , कास्की रु ५०००/-
बिनोद चौधरी , सप्तरी रु ५००० /-
जितेन्द्र गुरुङ , कास्की रु ५०००/-
भुबन के सी , दाङ रु ५००० /-
बिमल गैरे , स्याङ्जा रु ५०००/-
कबिता थापा , काभ्रे रु ५००० /-
आकाश के सी ,दाङ रु ५००० /-
किरण आचार्य , दाङ रु ५००० /-
मिश्रा घर्तीमगर, दाङ रु २५०० /-
दिपेन्द्र श्रेष्ठ , प्युठान रु २००० /-
हरि पौडेल, पर्बत रु २००० /-
शोभा पाण्डे , काभ्रे रु २००० /-
पुस्कर थापा , बैतडी रु २००० /-
बिमला कुँवर, चितवन रु १००० /-
कबिता नाराल , काभ्रे रु १००० /-











