दाङ, १८ असार
युबा सञ्जाल सैघाको आयोजनामा गाविस स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सैघा गाविस ७ को रबिन पुनका टोली प्रथम, सैघा ६ का नरेन्द्र विक्रम पुनको टोली द्धितिय र सैघा ७ कै बिशाल घर्तीको टोली तृतिय भएको छ ।
प्रतियोगितामा जिवयी हुने खेलाडीहरुलाइ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । युबा सञ्जाल सैघाका अध्यक्ष हर्क घर्तिको अध्यक्षता तथा युवा सञ्जाल दाङका उपाध्यक्ष जंग रोकाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो ।
सो अवसरमा शशिराम गिरी, टेकमान पुन, दयाराम पुन खेलाडीहरु रबिन पुन, वाघकुमार पुन र लिलनराम पुनले वोल्नुभएको थियो । सन्जालका उपाध्यक्ष मिन वहादुर थापाको स्वागतवाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय प्रतिनिधी तुलसी घर्तीले गर्नुभएको थियो ।।
