धनगढी, १७ भदौ । कैलालीमा एकजनाले आफ्नै छोरीकी साथीमाथि बलात्कार गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका ६ की १४ वर्षिय बालिका आफ्नै सहपाठीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएको प्रहरीले जनाएको छ।

balatkar-e1427549894119कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बलात्कार आरोप लागेका ३३ वर्षका हर्कबहादुर कुँवर फरार छन्। भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ। आरोपी कुँवरकी छोरी र बलात्कृत बालिका स्थानीय स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।