कञ्चनपुर, १५ भदौ । कञ्चनपुरमा अर्को बलात्कारको घट्ना भएको छ। १६ वर्षीया एक किशोरी बिहीबार राति सामूहिक बलात्कारको शिकार भएकी प्रहरीले जनाएको छ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका १ की १६ वर्षकी किशोरी बलात्कारको शिकार भएकी प्रहरीले जनाएको छ ।
किशोरीको घरमा बिहीबार राति पूजाको कार्यक्रम रहेको र सोही कार्यक्रममा सहभागी हुन आएकाले घरबाट बाहिर लगेर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले बलात्कार भएको खबर पुष्टि गरेका छन्। परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि शुक्रबार बिहान साढे ३ बजेको समयमा प्रहरीले किशोरीको उद्दार गरेको हो।
किशोरीले दिएको जानकारी अनुसार दुईको पहिचान भएको र बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको रहेको छ। बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण गराएर अहिले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको छ। अन्नपूर्णपोष्ट अनलाइनमा अबर छ चारैजना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बलात्कार घट्नामा संलग्नहरुको बिहानैदेखि खोजी भइरहेको बताएको छ।











