काठमाडौं, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको पूर्वसन्ध्यामा तयारीका लागि सचिवस्तरीय बैठक सुरु भएको छ ।
होटल सोल्टीमा मंगलबार बिहान सुरु बैठकमा विद्युत सञ्जाल (विद्युत कनेक्टिभिटी), गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनताबीचको सम्पर्क विस्तार, प्रतिआतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनका बारेमा पनि छलफल हुने जनाइएको छ ।
बैठकले सम्झौता र सहमतिका अधारहरु तयार गर्ने बताइएको छ । बुधबार मन्त्रीस्तरीय बैठक हुने भएको छ । उक्त बैठकले भोलि बुधबार बस्ने सदस्य राष्ट्रका परराष्ट्र (विदेश) मन्त्रीस्तरीय बैठकको एजेन्डा तय गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिवस्तरीय आजको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । शिखर न्युजमा खबर छ











