काठमाडौँ, १२ भदौ । राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

cabenetराष्ट्रिय सभाका सांसदहरूले सभापतिका लागि उम्मेदवारी दिन एक जना प्रस्तावक र एकजनाको समर्थनसहित आज अपराह्न ४ बजेसम्म संसद् सचिवालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।

समितिका ज्येष्ठ सदस्यहरूको अध्यक्षतामा बुधबार चार विषयगत समितिहरु बैठक बसी सभापतिको चयन गर्नेछन् । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० बमोजिम सभापतिको चयन हुनेछ ।