धनुषा, ११ भदौ । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले नेपाल राष्ट्र बैंकको जनकपुरस्थित कार्यालयमा तालाबन्दी गरे ।
मन्त्री यादवले प्रदेश सरकारको निर्णय अनुसार रक्षा बन्धनका दिन विदा घोषणा गरेपनि बैंकले त्यसको अवज्ञा गरेको भन्दै तालाबन्दी गरेका हुन् ।
मन्त्री यादव आफै बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिएका थिए । संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि सङ्घीय सरकार मातहतका कार्यालयले अटेरी गरेपछि आफू यसो गर्न बाध्य उनले प्रतिक्रिया दिए ।











