सागर खनाल
दाङ, १८ असार
सहकारीले आर्थिक, राजनितिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । ९४ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आज दाङ त्रिपुरको नारायणपुरमा आयोजित कार्यक्रमका सहभागीले उत्पादकत्व बृद्धि, श्रोत र साधनको उचित परिचालन गर्न सके सामाजिक उत्थानमा सहकारीको भुमिका वढेर जानेमा जोड दिएका हुन । manab

दिवसको अवसरमा नारायणपुरमा साङ्ले जुलुश निकालिएको छ । त्रिपुर नगरपालिका भित्र रहेका सम्पुर्ण सहकारी संस्थाहरुको आयोजनामा मानव साङ्लो निर्माण गरी नारायणपुर वजारको परिक्रमा गरिएको हो । जिल्ला सहकारी संघ दाङकी सदस्य हिरा पुनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सहकारीविच एकता र सहकार्य आवश्यक रहेको वताएका छन ।

सहकारीको माध्यमवाट जीवन वदल्न सकिने भएकाले त्यसका लागी सहकारी सहकारीविच एकताको आवश्यकतामा जोड दिइएको हो । सो अवसरमा अन्नापुर्ण कृषि सहकारी संस्थाकी माधबा न्यौपाने, गरीटाकुरा सहकारी संस्थाकी इश्वरा केसी, अम्बिकेश्जवरी सहकारी संस्थाकी छबा केसी, ओमशक्ति उद्यमी सहकारी संस्थाकी शुशिला शर्मा, कटुकी सर्जु कृषि सहकारीका भोजराज आचार्य र स्वर्गद्धारी बचत तथा ऋण सहकारी संस्थाका विष्णु रिजालले सहकारीको एकतामा जोड दिनुभयो ।

कार्यक्रमको सहजीकरण डम्वर गौतमले गर्नुभएको थियो । दिवसको अवसरमा घोराही, तुलसीपुर, लालमटिया, सिसहनियाँ, लमही, श्रीगाँउ र हापुरेमा मानव साङ्लो निर्माण गर्ने कार्यक्रम छ ।।