इन्द्रेणी संवाददाता
घोराही, १८ असार ।
अटो व्यवसायीहरुले सञ्चालन गरेको शुभम लघुउद्यम सहकारी सस्थाले आफ्नो स्थापना दिवसका अवसरमा आज तेरौटे स्थित वृद्धआश्रमका वृद्धवृद्धाहरुलाई खाद्यन्न सहयोग गरेको छ । वृद्धआश्रमै पुगेर एक कार्यक्रमको आयोजना गरी खाद्यान्न प्रदान गरिएको हो ।
सहकारी सस्थाका अध्यक्ष शुशिल पोख्रेलको अध्यक्षता तथा दाङ उद्योग बाणिज्य सघका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकी र नेपाल पत्रकार महासघ दाङ शाखाका सल्लाहकार सविन प्रियासनको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बक्ताहरुले सहकारी सस्थाहरुले ऋण र बचतको कारोवारसँगै सेवा मुलक कार्यहरु समेत गर्नुपर्ने बताएका थिए ।
सस्थाले ४० किलो आलु, ५० किलो पिठो, १० किलो स्वाविन, २० लिटर तेल, १० किलो नुन, ३० किलो सिमीको तेल, १० किलो फलफुल र एक पेटी सावुन जेष्ठ नागरिक सरोकार कन्द्रका सञ्चालक भोलानाथ योगी र वृद्धआश्रममा बस्दै आउनुभएकी शुशिला घर्तिलाई सहकारी प्रदान गरेको हो ।
उपाध्यक्ष मकेश भुसालको स्वागत मन्तव्यवाट सुभएको कार्यक्रममा जेष्ठ नागरिक केन्द्रका सचिव भोलानाथ योगी, नेपाल पत्रकार महासंघका सदस्य आरके शितल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहकारी सस्थाका सचिव पुष्पराज अर्यालले गर्नुभएको थियो ।।