इन्द्रेणी संवाददाता
जाजरकोठ, १८ असार
जाजरकोटका विभिन्न जंगलमा पाईन रेडपाण्डा लोप हुदै जान थालेपछि स्कुले विद्यार्थी मार्फत रेडपाण्डा संरक्षण अभियान थालिएको छ ।
रुफोड फाउन्डेसनको आर्थिक सहयोगमा स्थानिय बारेकोट पर्यावरण तथा एकिकृत विकास अभियानको साझेदारीमा रेडपाण्डा संरक्षण अभियान थालिएको हो ।
प्राकृतिक बास स्थान उपयुक्त हुँदाहुदै पनि जनचेतनाको अभावमा अरेडपाण्डाको लोप हुन थालेपछि सक्ला स्थित सीता माध्यमिक विद्यालय कार्कीजीउला, नायकवाडा स्थित सरस्वती माध्यामिक विद्यालय सिलिङ्गे र रोकायगाँउ स्थित वीरेन्द्र ऐश्वर्य उच्च माध्यामिक विद्यालय लिम्सामा ईको क्लव गठन गरिएको छ ।
ईको क्लव मार्फत रेडपाण्डाको संरक्षणका लागी विभिन्न क्रियाकलाप संचालन गरिने सरस्वती मावि ईको क्लवका अध्यक्ष राधिका बोहराले वताउनुभयो ।
विश्वमै लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डाको संरक्षणमा लाग्ने विद्यार्थीहरुको भनाइ छ । विद्यार्थीहरुले रेडपाण्डाको बास स्थानको संरक्षण र चोरी शिकारी रोक्न पहल गर्ने र जनस्तरमा जनचेतना प्रदान गर्नेछन ।।