इन्द्रेणी संवाददाता
दाङ ,७ साउन । सभामुख कृष्णबहादुर महरा दाङ आउने भएका छन् । दाङको वेलझुडीमा स्थापना हुने रंगशालाको शिलान्यास गर्न महरा दाङ आउन लागेका हुन् । रंगशालाको शिलान्यास साउन ९ गते गर्ने कार्यक्रम छ ।

Krishna bdr maharaसो क्रममा सभामुख महराले दुधरासमा रहेको जनकल्याण माबिको प्राबिधिक शिक्षाको भवन पनि शिलान्यास गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

वेलझुडीमा करीव २४ कारोड, २४ लाख ४५ हजार २ सयको लागतमा रंगशाला निर्माण हुने भएको छ । जसको जिम्मा काठमाडौँको दिवा एनए कन्ट्रक्सन जेभीले लिएको छ । रंगशालाले यस क्षेत्रको खेल जगतमा निकै फाइदा पुग्ने दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यष डिल्लीबहादुर डाँगीले बताए ।