दाङ, ७ साउन । घोराही स्थित बालमन्दिरमा रहेको सार्वजनिक शौचालयको सोमबार उद्घाटन गरिएको छ । उक्त शौचालयको घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी र घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगील संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त १७ लाख ९ हजार ३६ रुपैयाको लागत मा निर्माण कार्य सम्पन्न भएको हो ।
जस अन्तरगत घोराही उपमहानगरपालिकाको १७ लाख ५ सय ४३ रुपैयाको अनुदान र स्थानीयहरुका ८९ हजार ५ सय १ रुपैयाको लागत सहभागितामा निर्माण गरिएको शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहनेश्वर आचार्यले जानकारी दिए । शौचालयबाट करिव ५ हजार ६ सय सर्वसाधारण लाभान्वित हुने आचार्यले जानकारी दिनुभयो । शौचालयको उद्घाटन गर्दै मेयर चौधरीले घोराहीलाई व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि शौचालयले सहयोग पु¥र्याउने वताए ।
घोराहीको तुलसीपुर चोक, रझेना चोकमा यसैबर्ष सार्वजनिक शौचालय निर्माण गर्ने हुने वताए । घोराही उपमहानगरपालिकाले सुरु गरेको हरित नगर निर्माणका लागि सहयोग गर्न समेत उनले सम्पूर्ण नगरवासी आग्रह गरे ।
विशिष्ट अतिथी घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराहीस्थित बालमन्दिरमा तेश्रो शौचालयमा रुपमा मैत्रीपूर्ण शौचालय निर्माण गरिएको वताए । उनले बालवालिका, महिला,पुरुष, अपाङ,तेश्रो लिङ्गीका लागि छुटछुटै शौचालय निर्माण गरेको वताए ।
मिलनचोक टोल विकास संस्थाका अध्यक्ष दिलीप डि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १४ का सदस्य गुलाम रसुल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगायतले आफ्ना विचार राखेका थिए ।











