डोल्पा, ४ साउन । डोल्पामा एक जना नेपाली सेनाका जवानले आफूले आफैलाई गोली प्रहार गरेका छन् । आफैले चलाएको गोली लागि ती सैनिक जवान गम्भीर घाइते भएका छन् ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवान २२ वर्षीय ध्रुव चन्दले बिहीबार ड्यूटीमा रहेका असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् ।
आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए ।
डा अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना) भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताए ।











