जुम्ला, ३ साउन । २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्शनरत डाक्टर गोविन्द केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं लगिएको हो ।
यसअघि डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नजाने बताउदै आए पनि उनलाई सेनाको हेलिकोप्टरबाट राजधानी लगिएको हो ।
यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको थियो ।











