दाङ, २ साउन । दाङको तुलसीपुरको शिबमाया बहुउद्देश्यीय कृषि फर्ममा आगलागी भएको छ । आज दिउँसो भएको आगलागीबाट फर्ममा लाखौको क्षति भएको बताइएको छ ।
फर्मले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिएका छन् ।
आगलागीबाट नमकिन तथा चिप्सहरु पुर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झन्डै ९ लाखको क्षति भएको सञ्चालक कमलापुरीले बताए ।











