केशरमान बुढाथोकी
पुर्वीरुुुकुम २ साउन । पुर्वीरुकुममा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रुकुमको सदरमुकाम रुकुमकोटबाट तकसेराका यात्रुहरु बकेर धौलापैराका लागि छुटेको लु १ ज २५७३ नम्बरको जिप सडकबाट करिव २५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटना परि ६ जनाको मृत्यु भएको छ भने करिब ७ जना घाइते भएका छन । यो समाचार तयार पार्दा सम्म मृतकहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परि घाइते भएकाहरुलाइ जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम लगिएको छ । घाइते हरुको उद्दारका लागि जिल्ला प्रहरी कार्यलय रुकुमको टोलि खटिएको सिस्ने गाउँपालिका २ का वडाअध्यक्ष जीवन केसीले जानकारी दिए ।











