तुलसीपुर ३१ असार । उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्ष २०७४/०७६ मा लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको छ ।
उच्च अदालत तुलसीपुरका सुचना अधिकारी रुद्रमणी गिरीका अनुसार चालु आर्थिक बर्षको अहिलेसम्म ५ सय ७७ मुद्दा दर्ता भएकोमा ७० प्रतिसत मुद्दाको फैसला भएको हो । ७० प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य लिएको अदालतले ७३ प्रतिशत मुद्दा फैसला गरेको सुचना अधिकारी गिरीले बताए ।
अघिल्लो वर्षका तीन सय ७३ मुद्दा थिए भने यो बर्ष चार सय १२ गरी जम्मा सातसय ८५ मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षको बाँकी जिम्मेवारी सरी आएका मुद्दामा सरकारीवादी फैजदारीमा एक सय ८८, दुनिँयाबादी देवानीमा ८९, व्यक्तिगत फौजदारीमा ५६, रिट निवेदनमा ६९, शुरु मुद्दामा १० गरी जम्मा चार सय १२ मुद्धा दर्ता भएका थिए ।
जसमध्ये सरकारीवादी फैजदारीमा दुई सय ६० , दुुनियाँबादी देवानीमा एक सय ७४,व्यक्तिगत फैजदारीमा ७३, रिट निवेदनमा ५८, शुरु मुद्दामा १२ गरी पाँच सय ७७ मुद्दा फैसला भइसकेको सुचना अधिकारी गिरीले बताए । बाँकी रहेका दुई सय ८ मुद्धाको यही आर्थिक वर्षमा फैसला गरिसक्ने योजना बनाएको बताए । उनले दिएको जानकारी अनुसार यस वर्ष बिगतकोब बर्ष भन्दा सम्बन्ध बिच्छेदका मुद्दा बढेका छन् ।
यस वर्ष सम्बन्ध विच्छेदका ६९ मुद्दा दर्ता भएकोमा ५८ निवेदनको फैसला भइसकेको छ । भने बाकी ११ मुद्दा यही आर्थिक बर्षमा फैसला गर्ने लक्ष्य छ । विशेष गरी सम्बन्ध विच्छेदका घटना बढ्नुको कारण घरेलु हिंसा, लामो समयसम्म वैदेशिक रोजगारमा बस्नु र दोस्रो विवहा गर्नु मुख्य कारण रहेका छन् । त्यस्तै आपसी कलह, मध्यपान, धूम्रपान पनि मुख्य कारण रहेको सुचना अधिकारी गिरीले बताए ।











